काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका पर्खाल हटाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका पर्खाल हटाउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । काठमाडौं महानगरपालिकाले नियम विपरीत निर्माण भएका पर्खाल पनि हटाउने भएको छ।

महानगरले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएका पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

मापदण्डले कम्पाउन्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार पर्खाल बनाउन महानगरले आग्रह गरेको छ। यससँगै नक्सा पास नगरि निर्माण गरिएका पर्खाल ३५ दिनभित्र हटाउन महानगरले सूचना जारी गरेको छ।

यसअघि नक्सा अनुसार निर्माण नभएका संरचना हटाउन पनि ३५ दिने सूचना जारी गरेको थियो। त्यसपछि डोजर लगाएर संरचना हटाइएको थियो।

अब नक्सा विना निर्माण गरिएका, सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका पर्खाल पनि महानगरले हटाउने भएको छ। महानगरले ३५ दिनभित्र घरधनी आफैले नियम विपरीतका पर्खाल नहटाए महानगरले हटाउने जनाएको छ।

प्रकाशित : २३ भदौ २०७९, बिहिबार ११:०६ 8 September, 2022 11:06 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।