काठमाडौं । प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने बताएका हुन् ।
सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्ने तिर ध्यान नदिएर नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन् । संञ्चालनमा भएका स्टक एक्सेन्जलाई बरु आधुनिकीकरण गर्नतिर ध्यान दिनुपर्ने उनको भनाई थियो ।





Comment