राष्ट्र बैंकद्वारा एक हजार दरका नोट छाप्न बोलपत्र आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा एक हजार दरका नोट छाप्न बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १ हजार दरका नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ हजार दरका कुल ४३० मिलियन (४३ करोड) वटा नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।

केन्द्रिय बैंकले मंगलबार एक सूचना जारी गदै बोलपत्रको सूचना प्रकाशन भएको मितिले ४६ औँ दिन दिउँसो १२ बजेभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रस्ताव पेस गर्ने कम्पनीहरुले ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले यसअघि छनौट गरिसकेको १० वटा अन्तर्राष्ट्रिय कम्पनीले मात्र यस बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। गत वर्ष नै राष्ट्र बैंकले नोट छाप्नका लागि निवेदन पेस गरेकामध्ये १० वटा कम्पनीलाई योग्य रहेको भन्दै छनौट गरी सूची सार्वजनिक गरेको थियो। जसमा भारत, चीन, स्विट्जरल्यान्ड, कोरिया, रसिया, यूके, जर्मनी, फ्रान्स, ब्राजिल र स्विडेनका कम्पनीहरु छन्।

अब ती १० कम्पनीमध्ये सबैभन्दा कम मूल्य नोट छाप्न बोलकबोल गर्ने कम्पनीलाई राष्ट्र बैंकले १ हजार दरका नोट छाप्ने जिम्मा दिनेछ।

प्रकाशित : २१ भदौ २०७९, मंगलबार १३:४९ 6 September, 2022 1:49 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।