काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई भ्यालु एडेड सर्भिस (भास) सकिन लागेको जानकारी सेवा अवधि सकिनु अगावै एसएमएस मार्फत सेवाका ग्राहकलाई पठाउन निर्देशन दिएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै उक्त सेवा नविकरण गर्ने नगर्ने सम्बन्धमा ग्राहकको प्रतिक्रिया लिन निर्देशन दिएको हो ।
त्यस्तै, नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकको सेवा नवीकरण गर्ने व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ । तर, एसएमएसमार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरुका लागि उक्त सेवा स्वतः नवीकरण नगर्न नगराउन निर्देशन दिएको छ ।
हाल सामाजिक संजालहरुमा प्राधिकरणले दिएको दिर्नेशन विपरित स्वतः नवीकरण हुने गरी भास सेवा सञ्चालन गरेको भन्ने गुनासो आएकाले कसैले पनि स्वतः नवीकरण हुने गरी भास सेवा संचालन नगर्न सूचनाजारी गरेको छ । त्यसो गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने जानकारी गराएको छ ।
Comment