शाओमी नेपालको दशैं “दशमी अफर” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

शाओमी नेपालको दशैं “दशमी अफर”



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ । एक महिना लामो दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्कीड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउने छन् ।

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दशमी अफर ल्याएको बताएको छ । यो क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले ‘मि’ को ४एस ६५ इन्चको टिभी, चारजनाले ‘मि’को ४३ इन्चको टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बुड ३ लिट, मोसन नाइट लाइट र नेकबेण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै ‘मि’ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताए । कम्पनीका उत्पादनहरूमा उच्च मापदण्डहरू सेट गर्न सधैँ प्रोत्साहित गरेको पनि उनले बताए ।

यो अफर दराज र सस्तो डिलमा पनि लागु हुने बताइएको छ ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार २०:२१