काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । अब एन आई सी एशिया मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पे को क्युआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सकिने छ । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपाल पे सँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु-याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रकै सबैभन्दा धेरै अर्थात् २० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको यस एन आई सी एशिया मोबाइल बैंकिङ्गलाई बैंकले भर्खरै वमनिच्यानल प्रणालीमा अपग्रेड गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहक महानुभावहरूले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सकिने र निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिने तयारी बैंकले गरिरहेको छ ।
यस एपबाट ग्राहक महानुभावहरूले क्युआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, क्ष्एइ आवेदन र लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू डिजिटल रुपमा प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस बैंकमा खाता नहुनुभएको महानुभावले पनि एन आई सी एशिया मोबाइल बैंकिङ्ग एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।
Comment