विभागद्वारा सहकारी संघ संस्थाहरूको एकीकरणका सम्बन्धमा मार्गदर्शन जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विभागद्वारा सहकारी संघ संस्थाहरूको एकीकरणका सम्बन्धमा मार्गदर्शन जारी



काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाहरूको एकीकरणका सम्बन्धमा मार्गदर्शन जारी गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी एेन २०७४ को दफा ८७ सहकारी नियमावली, २०७५ नियम ३९ तथा सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७० बमोजिम सहकारी संस्थाहरूको एकीकरणको कार्यप्रति विभागले मार्गदर्शन जारी गरेको हो ।

विभागद्वारा जारी मार्गदर्शनमा, सहकारी संस्थाहरुले एकिकरण गर्दा सहकारी नियमावली, २०७५ को नियम ३९ (३) बमोजिम वि. सं २०४९ साल जेठ २ गते भन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाहरूको एकीकरण गर्दा मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने बिभागले जनाएको छ ।

त्यसैगरी सहकारी ऐन, २०७४ को दफा ८७ र सहकारी नियमावली ,२०७५ को नियम (३) बमोजिमको प्रक्रिया अनुरूप गर्नुपर्ने, सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिमको प्रक्रिया अनुरुप गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, सहकारी संस्था एकिकरणका लागि योग्य हुन एकै प्रकृति वा विषयमा संस्था हुनुपर्ने, कार्यक्षेत्र खप्टिएको वा जोडिएको हुनुपर्ने, एकीकरण आवश्यकताको पहिचान भई सदस्यहरुबाट माग भएको हुनुपर्ने वा संस्थाको संयुक्त बैठकबाट एकिकरण सम्बन्धि निर्णय भएको हुनुपर्ने जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार २१:५३