एक महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ४ अर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक महिनामा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ४ अर्ब बढी



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ करोड रुपैयाँभन्दा धेरै बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १९ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा २ लाख २१ हजार ६२४ वटा बीमालेख जारी गरिएको छ । सबैभन्दा धेरै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यस कम्पनीले साउनमा ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३३ करोड १९ लाख रूपैयाँ कुल बीमाशुल्क गरेको छ ।

बीमा समितिको तथ्यांक अनुसार सगरमाथा इन्स्योरेन्सले ३२ करोड ६२ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख, नेको इन्स्योरेन्सले २७ करोड १० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले २३ करोड ४ लाख, प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख, ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख, नेशनल इन्स्योरेन्सले १७ करोड ४८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १७ करोड ३४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले १६ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीले १६ करोड १४ लाख, आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ६५ लाख, जनरल इन्स्योरेन्सले १२ करोड २५ लाख, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख, सानिमा जनरलले १० करोड ३५ लाख र प्रभु इन्स्योरेन्स कम्पनीले १० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १९:५४