सेयर बजारमा २५.३६ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजारमा २५.३६ अंकको गिरावट



काठमाडौं, ६ पुस । बुधबार सेयर बजार २५.३६ अंकले घटेर १४७०.६३ विन्दुमा पुगेको छ । कारोबारमा आएका मध्ये ट्रेडिङ र होटल समूह बाहेकका सम्पूर्ण परिसूचक घटेको छ ।

 ट्रेडिङ समूह १.१२ र होटल समूह १.१७ विन्दुले बढेको छ । एक सय ३१ कम्पनीको ४८ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङ २७.३२, विकास बैंक ९.७८, हाइड्रो पावर १७.४, फाइनान्स ७.०५, बीमा १७८.६८, उत्पादन तथा प्रशोधन ८६.१४ र अन्य समूह ४.९२ अंकले घटेको छ ।

आज नागबेनि लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने रिलायबल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित : ६ पुष २०७३, बुधबार १०:३०