जीवन बीमा कम्पनीहरुले साउन महिनामा १५ अर्ब बिमा शुल्क आर्जन गरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुले साउन महिनामा १५ अर्ब बिमा शुल्क आर्जन गरे



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

चालु आवको साउन महिनामा कम्पनीहरूले प्रथम बीमाशुल्कबाट २ अर्ब २० करोड ३३ लाख रूपैयाँ र नवीकरण बीमाशुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख रूपैयाँ आर्जन गरेका छन् । यस अबधिमा कम्पनीहरूमा ७ लाख १० हजार ३४ वटा बीमालेख जारी भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कुल ४ अर्ब ७७ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ र तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्सको १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

साथै, सबैभन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यसले १६ करोड ४६ लाख रुपैयाँ मात्रै कुल बिमा शुल्क आर्जन गरेको छ । दोस्रो कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । यसको बीमा शुल्क साउन महिनामा २३ करोड ४४ लाख रुपैंया बराबरको आर्जन गरेको छ । तेस्रोमा सानिमा लाइफ इन्स्योरेन्सले १८ करोड ७३ लाख रुपैंया बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आईतवार १३:५९