विश्व मूल्यवृद्धिको असर नेपालमा पनि परेको छ : गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विश्व मूल्यवृद्धिको असर नेपालमा पनि परेको छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले विश्व मूल्यवृद्धिको चपेटा परेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले एक बर्षको अन्तरालमा पेट्रोलियम पर्दाथको मुल्य अन्तराष्ट्रिय रुपमै करिब ८० प्रतिशतले बढेको र त्यसको असर नेपालमा पनि परेको बताएका हुन् ।

उनले मंसिर देखि विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गरेको नीतिले पनि केहि हदसम्म बाह्य क्षेत्रमा सहज महशुस गरिएको बताएका छन् । तर, पूर्णरुपमा आयात गर्दा अवस्था गम्भीर हुने भन्दै यस सहजतामा केहि सजगता पनि अपनाउनुपर्ने उल्लेख गरे ।

उनले वाह्य श्रमबजार खुल्दै गएको, रेमिट्यान्स गत असार महिनामा बढ्दै गएको र साउन, भदौमा रेमिट्यान्स कम हुने महिना हो भन्दै असोजमा रेमिट्यान्स बढ्ने आशा रहेको बताए । साथै, सुरुवाती महिनामै पर्यटकको संंख्या पनि बढेको , केहि बस्तुको निर्यात बढेको संकेत देखिएकोले यसले निरन्तरता दियो भने भोलीको दिनमा नेपालको अर्थतन्त्रमा नयाँ आयाम सिर्जना हुने बताए ।

त्यसैगरी अधिकारीले वर्किङ क्यापिटलको नाममा अहिले ओभर फाईनान्सिङ भईरहेकाले वर्किङ क्यापिटल मार्गर्दशन ल्याइएको बताए । उनले भने , केन्द्रीय बैंकले ल्याएको नितिमा साना ५० लाख रुपैयाँभन्दा कम ऋण लिनेलाई वर्किङ क्यापिटलको नीति लागु नहुने बताए तथा २ करोड ऋण लिनेलाई भने अलि फरक मापदण्ड बनाइएको र ५ वर्षका लागि दीर्घकालीन प्रकृतिको लोन लिन पनि शर्त राखेको बताए।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार १४:४२