कुमारी बैंकलाई “एक्सिलेन्स इन ई-कमर्स बिजनेस-२०२२” अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकलाई “एक्सिलेन्स इन ई-कमर्स बिजनेस-२०२२” अवार्ड



काठमाडाै‌ । कुमारी बैंक लिमिटेडले एक्सिलेन्स इन ई-कमर्स बिजनेस-२०२२ अवार्ड प्राप्त गरेकाे छ । यहि मिति २०७९ भाद्र १५ मा Visa International द्वारा “Leaders’ Conclave Payments Innovation For Digital Nepal” सम्मेलनको आयोजना भएको थियो । सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेडलाई ““Excellence in E-Commerce Business 2022”” अवार्डले सम्मानित गरिएको हाे ।

यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिवद्धता कुमारी बैंकले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार ११:५१