वित्तीय विवरण समयमै प्राप्त नभए कारबाही हुन्छः नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वित्तीय विवरण समयमै प्राप्त नभए कारबाही हुन्छः नेप्से



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्ने निर्देशन दिएको छ ।

नेप्सले आज सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले व्यवस्था गरे बमोजिम सूचीकृत संगठित संस्थाले कम्पनीको वार्षिक तथा त्रैमासिक वित्तीय विवरण (विद्युतीय प्रति) नेप्सेमा पेश गर्नु पर्नेछ भन्ने व्यवस्था अनुरुप विवरण पेश गर्न निर्देशन दिएको उल्लेख गरेको छ । विवरणहरु समयमै प्राप्त नभए नियमानुसार कारवाही गरिने नेप्सेले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार १६:१३