माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता



काठमाडाै । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एम–स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन्। विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो।

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दति खातामा रुपान्तरण गर्ने र सोही मुद्दति खातामा प्राप्त गर्ने सुविधा लोन अगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरी आफ्ना सेवासुविधालाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ।

यसका साथै बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट एप’मा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ–रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ती तथा पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधा रहेका छन्।

बैंकले एमबीएल एम–स्मार्टलाई भर्चुअल शाखाका रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप मार्फत नवीतम सुविधाहरु थप्दै ल्याइरहेको छ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार १३:१४