मुक्तिनाथ विकास बैंकको २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकको २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिगत मुद्दती खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफनो लागि १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा पाउने छन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्षदेखि २ वर्ष सम्मको मुद्दती खाता खोल्न सक्ने र जति अवधिको मुद्दती खाता खोल्ने हो त्यतिनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने छन् । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित : १६ भाद्र २०७९, बिहीबार १२:१५