नेप्सेमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से २१.९७ अंकले घटेर एक हजार ९ सय ७३ दशमलब ३८ विन्दुमा पुगेर रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा एक अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर कम्पनीनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ७४ लाख ७३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 31 August, 2022 4:00 pm