उद्योग वाणिज्य महासंघको हुलाक टिकट प्रकाशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योग वाणिज्य महासंघको हुलाक टिकट प्रकाशन



काठमाडौं ५ पुस । नेपाल उद्योग वाणिज्य महासंघले अाफ्नो ५० औ वर्ष गांठका अवसरमा हुलाक टिकट प्रकाशन गरको छ । सोमवार एक कार्यक्रमवीच हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक व्यूरोद्वारा प्रकाशित रु. १० को स्मरणात्मक हुलाक टिकटको सूचना तथा संचार मन्त्री राम कार्कीले आज महासंघ सचिवालय टांचा लगाए ।

उक्त हुलाक टिकटको मुख्य विषय गोल्डन जुव्ली सेलिव्रेशन अफ एफएनसीसीआई रहेको बताइएको छ । यसको प्राविधिक पक्षमा रु. १० अंकित, ३५ एमएम ह ४५ एमएम, आकार होरिजेन्टल, विभिन्न पांच रंगहरु मिश्रित छ ।

यो सूचना तथा सन्चार मन्त्रालयको सन् २०१६ को फिलाटेलिक कार्यक्रममा समावेश गरी महासंघको स्वर्ण जयन्तीका अवसरमा विभागले इण्डोनेशियाको पेरुम पिरुरी प्रेसबाट जम्मा २० लाख प्रति प्रकाशन गरेको विभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी दिए ।
कार्यक्रममा मन्त्री राम कार्कीले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन भैसकेको सन्दर्भमा अवको मुद्दा आर्थिक प्रगतिनै भएकाले निजी क्षेत्रका उद्यमी व्यवसायीहरुलाई आर्थिक प्रगतिमा लाग्न आग्रह गरे ।

मन्त्री कार्कीले स्वर्ण वर्ष मनाउंदै गरेको महासंघको अझ बढी प्रगतिको कामना र मुलुकको आर्थिक विकासको नेतृत्व अव महासंघ जस्ता संस्थाहरुले लिनुपर्ने र यस अवसरमा महासंघलाई शुभकामना समेत दिए । हुलाक टिकटका माध्यमबाट महासंघको अझ बढी गरिमा र महत्व आगामी दिनमा बढ्दै जाने विश्वास समेत मन्त्री कार्कीले व्यक्त गरे ।

सूचना तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले देशको योगदान अनि विशिष्ट कार्यक्रमलाई टिकट प्रदान गर्ने कार्यक्रम अन्तरगत टिकट प्रदान गर्ने परम्परा रहिआएको जानकारी गराए ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले स्वर्ण वर्ष समारोहमा प्रकाशन भएको यो टिकटले महासंघको इतिहास र गरिमालाई अझ बढाएको महशुस निजी क्षेत्रले गरेको बताए । कार्यक्रममा महासंघका पूर्व महासचिव जगदिशप्रसाद अग्रवालले महासंघको राष्ट्रप्रतिको योगदानलाई उच्च मूल्याङ्कन गरि टिकट प्रकाशन गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा महासंघका पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरु उद्यमी व्यवसायीहरु, नेपाल सरकारका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित : ५ पुष २०७३, मंगलवार ०४:१३