प्रभु बैंकका ग्राहकलाई लिलावती हस्पिटलका आकर्षक छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकका ग्राहकलाई लिलावती हस्पिटलका आकर्षक छुट



काठमाडाैं । प्रभु बैंक लिमिटेड र सर्लाही स्थित लिलावती हस्पिटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र लिलावती हस्पिटलका तर्फबाट निर्देशक डा. किशोर साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरे ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले लिलावती हस्पिटलद्धारा सञ्चालित (ल्याब, एक्स( रे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै आइ.पी.डी (बेड चार्ज), एन्.आइ.सी.यु सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत लिलावती हस्पिटलमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लिलावती हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार ११:२२