लघुबीमा कम्पनी स्थापना गर्न चुक्ता पूँजी कम्तीमा ७५ करोड हुनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुबीमा कम्पनी स्थापना गर्न चुक्ता पूँजी कम्तीमा ७५ करोड हुनुपर्ने



काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । समितिले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार लघुबीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको हो ।

समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । सूचना प्रकाशित भएको ३५ दिनको १२ बजेभित्र समितिको नाममा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्ने उल्लेख छ ।

यस्तै प्रस्तावत संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहहरुमा हुन नपाईने पनि व्यवस्था गरेको छ । साथै प्रस्तावकले कुनै बीमा कम्पनीमा आधारभुत संस्थापक लगानीकर्ताको रुपमा लगानी गरेको छ भने त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संञ्चालक समितिमा प्रतिनिधित्व खुल्ने गरी विवरण पेश गर्नुपर्ने छ ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार ११:५६