तीन दिनमा बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीन दिनमा बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घट्यो



काठमाडौं । भदौको पहिलो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । बैंकर्स संघका अनुसार भदौ महिनाको ३ दिनको अवधिमा बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको हाे।

संघका अनुसार साउन ३१ गते बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब रहेकोमा भदौ ३ गते गतेसम्ममा बैंकहरुको निक्षेप ७ अर्बले घटेर ४४ खर्ब २६ अर्ब पुगेको छ ।

यस अवधिमा कर्जा प्रवाह भने १ अर्बले बढेको छ । संघका अनुसार साउन ३१ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७७ अर्ब रहेकोमा भदौ ३ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४१ खर्ब ७८ अर्ब पुगेको छ ।

यस अवधिमा बैंकहरुको सिडी रेसियो ८८.४७ प्रतिशत रहेको संघले जनाएको छ ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १८:०३