देउराली बहुउद्देश्यीय सहकारीका सदस्यलाई आश्वासनको पोको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

देउराली बहुउद्देश्यीय सहकारीका सदस्यलाई आश्वासनको पोको

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

समस्याग्रस्त बनेको देउराली बहुउद्देश्यीय सहकारीले सदस्यलाई बचत फिर्ता गर्ने खाका प्रस्तुत गरेको छ । सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले सोमबार बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिवद्धता जनाएका हुन् । उनका अनुसार ५ लाख रुपैयाँसम्म बचत गरेका सदस्यलाई नगदमा र त्यो भन्दा बढी हुनेलाई जग्गा प्रदान गरिनेछ ।

५ लाखसम्म जम्मा गरेका बचतकर्ताको रकम संस्थाका ३ वटै काउन्टरबाट क्रमशः भुक्तानी गर्दै जाने प्रतिवद्धता उनले गरेका छन् । ठूला बचतकर्ताहरुलाई भने बचत रकमको अुनपातमा घडेरी सुरक्षणको रुपमा दिलाइने र दुई वर्षभित्रमा सावाँ तथा व्याज पूर्णरुपमा फिर्ता भुक्तानी दिने जनाइएको छ । सावाँ व्याज भुक्तानपश्चात् उक्त घडेरी तपाईंहरुले संस्था वा संस्थालाई इच्छाएको व्यक्तिको नाममा फिर्ता राजीनामा पास गरि दिनुपर्ने चौलागाईंले जनाएका छन् ।

बचतकर्ताहरुको रकम जग्गामा लगानी गरिएको उनले जनाएका छन् । चितवनको भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेको र उक्त जग्गा ठूला बचतकर्तालाई दिने प्रक्रिया अशोज ७ गतेबाट शुरु गरिने उनले जनाए ।

देउराली बहुउद्देश्यीय सहकारी संस्था डुब्ने नै गरी कुनै समस्या नभएको दाबी गरेका छन् । बचतकर्ताहरुको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट तत्काल उठ्न नसकेकाले समस्या परेको जनाए । ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय, भक्तपुर र न्यूरोड समेतमा गरि ३ वटा काउन्टर रहेको संस्थाले करिब २० हजार सदस्यबाट ३ अर्ब बचत संकलन गरेको छ ।

प्रकाशित : ७ भदौ २०७९, मंगलबार १५:५७ 23 August, 2022 3:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।