काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका नेता अजित क्षेत्री अधिकारीले स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं १ (क) मा उम्मेदवारी दिने तयारी थालेका छन् । हाल नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समिती सदस्यको जिम्मेवारीमा समेत रहेका छन् ।
गत जिल्ला अधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट लोकप्रिय मतसहित दोश्रो नम्बरमा महाधिवेशन प्रतिनिधिमा बिजयी भएका थिए । युवापुस्तामाझ निकै लोकप्रिय रहेका क्षेत्री गाउँगाउँस्तरका जनताहरुमाझ पनि त्यतीकै लोकप्रिय छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका क्षेत्रीले लामो समयसम्म नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको रुपमा समेत काम गरेका थिए ।
कांग्रेसभित्र अबको जनजिबिका, आर्थिक समृद्धि, सुशासन लगायतका एजेन्डा र नेतृत्वदायी निर्णयक तहमा युवाको प्रभाकारी उपस्थितिको लागि ‘गण्डकी प्रदेश स्तरीय युथ टेबल’ आयोजना गर्नका लागि सम्भाबित एजेण्डा र कार्यक्रमको प्रभाबकारिता लगायतको बिषयमा खुला छलफलको प्रस्ता समेत अगाडी बढाएका छन् ।
Comment