एनएमबि बैंकका सबै प्रदेशमा महिलाको नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकका सबै प्रदेशमा महिलाको नेतृत्व



काठमाडौं । एमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहनु भएका महिला दिदी बहिनीहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविश्यमा थप टेवा पु¥याउने अपेक्षा राखेको छ ।

कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार २०:५३