काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
Comment