सहकारी सुधार्ने हो भने नेफ्स्कून र सरकारको हातेमालो जरुरी छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

सहकारी सुधार्ने हो भने नेफ्स्कून र सरकारको हातेमालो जरुरी छ



नेफ्स्कूनले आफ्ना बिषयगत सहकारी संस्थाहरुलाई स्तरीकरण कार्यक्रममा सहभागि गराउन पर्यो । सुशासन कायम गर्नुपर्यो, बेला (बेला निगरानी, अनुगमन गर्नुका साथै स्तरीकरणका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लैजानुपर्छ । स्तिरीकरण कोषलाई कसरी हुन्छ बलियो बनाउने तर्फ लाग्नुपर्छ । नेफ्स्कूनले तत्काल गर्नुपर्ने भनेको प्रारम्भिक संस्थाहरुलाई अल्पकालिन रुपमा देखिएको समस्या समाधानका रणनितिहरु शेयर गर्दिन पर्यो ।

नाम बचत तथा ऋण भन्ने एउटा बोर्ड झुन्ड्याईदिने, फेरी काम चाहि सबैले एउटै गर्ने गरेपछि फरक केहि देखिएन् । बचत तथा ऋण कारोबार गर्ने सहकारी र अरु सहकारीलाई एउटै माध्यममा राखेर झन सहकारी समस्या मजबुत बनाएको जस्तो भयो । छुट्टै कानून मार्फत जादा सहकारीमा भएको विरोधावास, भ्रम कम हुदै जान्छ । यसका लागि पनि बचत तथा ऋण ऐन आउन ढिलो भएको छ ।

नेफ्स्कूनले प्रारम्भिक संस्थाहरुलाई मजबुत बनाउन विभिन्न स्तरीकरणका कामदेखि तालिमसम्मका कामहरु गर्दै आएको छ । तर यो प्रयाप्त भएन् । नेपालमा भएका सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरु नेफ्स्कूनमा आवद्ध भएका छैनन् । जसले गर्दा मजबुत बनाउने कुरा प्रयाप्त भएन । त्यसैले नियमको पाटोमा नेफ्स्कूनले मात्र सक्दैन जस्तो लाग्छ । यसमा नेफ्स्कूनसंगै सरकारको पनि साझेदारी चाहिन्छ । दुबै पक्षले हातेमालो गरेर अगाडी बढ्नु पर्छ ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०५:०८