यस कारण हामीलाई नयाँ ऐन नै चाहियो   « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

यस कारण हामीलाई नयाँ ऐन नै चाहियो  



नेपालमा संख्यात्मक रुपमा हेर्ने हो भने  बचत तथा ऋण सहकारीले अग्र स्थान ओगटेको छ । बचत तथा ऋण सहकारीको मुख्य काम भनेको वित्तिय कारोबार भएकाले   जोखिम पनि बढी हुन्छ । यो जोखिमलाई कम गर्न छुट्टै किसिमको नियम र कानून नै चाहिन्छ । अहिलेको सहकारी ऐन   बचत तथा ऋण सहकारी संस्थाको  नियमन गर्न सक्दैन । त्यसैले नयाँ ऐन नै चाहियो  । अहिलेको  ऐन संशोधन गरेर त्यस्तो बचत तथा ऋण सहकारीको नियमन गर्ने व्यबस्थासहित ऐन संशोधन हुनुपर्यो कि छुट्टै हुनुपर्यो । यसमा नेफ्स्कूनले नेतृत्व लिन आवश्यक छ ।  

पछिल्लो समय हेर्ने हो भने  नेफ्स्कुनले धेरै काम गरेको छ ।  संस्थाहरूको प्रबन्धन गर्ने व्यवसायिकरण गर्न।  हाल सहकारीमा देखिएको समस्या समाधान गर्न विभिन्न तरिका अपनाएर समाधानतिर ध्यान दिएको छ ।  अन्तर लगानीका कार्यक्रम गर्ने ।  स्तरीकरणका कार्यक्रमक गर्ने । सहकारीलाई डिजिटलाईजेसनमा लाग्न प्रयत्न गरि रहेको छ ।  आवश्यकता अनुसार नेफ्स्कून दरो, बालियो छाता सङ्गठनको रुपमा हुनुपर्छ भन्ने लाग्छ । ताकि प्रारम्भिक संस्थाहरुलाई समस्या पर्दा बालियो अभिभावकको रुपमा खडा हुन सक्नुपर्छ । साकोस अभियानलाई प्रबर्द्धन गरि यो  अभियानको  पक्षमा लबिङ र वकालत बढी गर्नुपर्छ।

(कुराकानीमा आधारित) श्रेष्ठ चन्द्रागिरि साकोसका सिइओ हुन

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार ०४:२२