सबल महिला बहुउद्धेश्यीयको दाश्रो बार्षिक साधारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

सबल महिला बहुउद्धेश्यीयको दाश्रो बार्षिक साधारण



कठमाडौं २ पुस । सबल महिला बहुउद्धेश्यीय  सहकारी संस्था लि.को बार्षिक साधारण सभा सम्मपन्न भएको छ । २०७२ सालबाट आफनो कारोवार शुरु गरेको सहकारीले २३ वाट विभिन्न  समुहहरु  ग्ठन गरी कर्जा लगानी गरेको तथा ति समुहहरुले गाई पालन,कुखुरा पालन, तरकारी खेती गरी अग्गानिक बस्तुहरुको उत्पादन गरी बिक्री गर्दै आएको छ् ।सहकारी संस्थाले रु १ करोड ५० निक्षेप परिचालन गरेको र आगमी बर्ष ५० बढी समुह गठन गरी थप कृषि उपज उत्पादन गरिने संस्थाको अध्यक्ष ईश्वरी हुमागाईले बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिवक्ता अर्जुनकुमार अर्यालले आधुनिक कृषिले मात्रै मुलुक समृद्ध हुने कुरा बताए ।  सहकारीहरु मार्फत गरिने आधुनीक कृषिवाटै मुलुकले अपेक्षित आर्थिक लक्ष्य प्राप्त गर्न सकिने बताउदै अर्यालले सहकारीले आर्थिक चेतना अभिबृद्धि गर्न मद्यत पुराएको बताउनु भयो । कार्यक्रमा मिडिया भिजन नेपालका अध्यक्ष सरोज कुमार न्यौपाने,सहकारी संस्थाका पदाधिकारी लगायत अन्य अिितथिहरुले सहकारीको महत्व माथि प्रकाश पारेका थिए  ।

प्रकाशित : 17 December, 2016 3:54 pm