कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तिय अवस्था ?



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको चौथो त्रैमाससम्ममा खुद नाफा १ करोड ६६ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंक १० करोड ५५ लाख ८६ हजार रुपैयाँ खुद घाटमा गएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी ५.५२ प्रतिशत बढेर २२ करोड ८२ लाख १६ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको २१ करोड ६२ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी थियो ।


कम्पनीको सञ्चालन नाफा अघिल्लो आवको तुलनामा ५७.७१ प्रतिशतले घटेर २ करोड १८ लाख ८४ हजार रूपैयाँ पुगेको छ ।अघिल्लो आवको तुलनामा यसको जगेडा कोषको रकम ३०.६३ प्रतिशतले बढेर गत आवमा ९ करोड २६ लाख ९ हजार रुपैयाँ जम्मा भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ कायम भएको छ भने अघिल्लो आर्थिक वर्षको यही अवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको थियो । त्यस्तै, यसको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलवार १५:२८