सुन चाँदी दुबैको भाउ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सुन चाँदी दुबैको भाउ बढ्यो



काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहिबार तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार ११:५५