रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा कति ?



काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २१.६५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा २७ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा २२ करोड ५९ लाख रुपैयाँ थियो ।

कम्पनिले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८५ प्रतिशलते बढाउन सफल भएको छ । रिलाबल नेपालले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै खुद बीमा शुल्क आर्जन पनि २७.४२ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा तीन अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको छ ।

बीमा शुल्क सँगै दाबी भुक्तानी पनि बढिरहेको छ । यसै क्रममा कम्पनीले गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस वर्ष कम्पनीको बाँकी दाबी भुक्तानी सून्य छ । व्यवसायिक बृद्धि सँगै कम्पनीको अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढेको हो ।

यस वर्षमा कम्पनीको जीवन बीमा कमोषमा ५९.४८ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भसकेको छ । दीर्घकालिन कर्जा लगानी तीन अर्ब ९३ करोडबाट ६ अर्ब एक करोड रुपेयाँ पुर्याउन सफल भएको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ ।

मुनाफा बढे सँगै कर्मचारीका लागि व्यवस्था गरिएको रकम पनि बढेको छ । यस वर्ष कम्पनीले कर्मचारीका लागि २ करोड ७४ लाख रुपैयाँ छुट्टाएको छ । अभिकर्ताले मात्रै यस वर्ष ५७ करोड ६९ लाख रुपयाँ कमिशन तथा इन्सेन्टिभ बुझेका छन् । प्रतिशेयर आम्दानी १९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार ११:१४