नबिल इन्भेष्टमेन्टले नेप्सेमा सुचिकृत ३१ कम्पनी समावेश भएको छुट्टै सूचक बनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

नबिल इन्भेष्टमेन्टले नेप्सेमा सुचिकृत ३१ कम्पनी समावेश भएको छुट्टै सूचक बनाउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै‌ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले NI31 नामको सूचक तयार पार्ने भएको छ । नबिल इन्भेष्टमेन्टले नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भै कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा NI31 नामको सूचक तयार पार्ने भएको हो।

भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहक वर्ग समेतलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि सूचक तयार पार्न लागिएको कम्पनीले जनाएको छ । छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने NI31 दैनिक रुपमा कम्पनीको आधिकारीक वेवसाईट तथा सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यस्तो सेवाबाट आम लगानीकर्ताहरुलाई उल्लेखित कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने नबिल इन्भेष्टले जनाएको छ ।

नबिल इन्भेष्टका अनुसार नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने NI31 नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने छ । यसरी NI31 ले लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से सूचकको भारित पूँजीगत औषतका कमिकमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न समेत NI31 ले सहयोग पु¥याउने विश्वास कम्पनीले लिएकोछ ।

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार ०७:५२ 29 July, 2022 7:52 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।