
आरक्षण कोटा छुट्याएर गरिएको विज्ञापनका ती पदहरुमा संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरिएको हो । आवेदन अनलाइनमार्फत दिनुपर्ने सूचनामा उल्लेख छ ।
सूचनाअनुसार खुल्लातर्फ विभिन्न सेवा र समुहमा २७४ जना माग गरिएको छ । यस्तै महिला तर्फ ७३, आदीवासी–जनजातीतर्फ ६६, मधेसी तर्फ ५१, दलिततर्फ १९, अपांगतर्फ १० र पिछडिएको क्षेत्रतर्फ ११ जना माग गरिएको छ । दरखास्त काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशानलय, नयाँ वानेश्वर दरखास्त केन्द्र र गोस्वारा हुलाका कार्यालय, सुन्धारा तथा उपत्यकाबाहिरको हकमा क्षेत्री निर्देशानालय, अञ्चल कार्यालयमा बुझाउन सकिनेछ । गत वर्षभन्दा आयोगले बढी अधिकृत माग गरेको हो । गतवर्ष आयोगले गत वर्ष ५ सय अधिकृतको आवेदन मागेको थियो |
Comment