चालिस माइक्रोन भन्दा पातलो झोला प्रयोगमा प्रतिबन्ध, होला त कार्यन्वयन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

चालिस माइक्रोन भन्दा पातलो झोला प्रयोगमा प्रतिबन्ध, होला त कार्यन्वयन ?



काठमाडाैं । सरकारले चालिस माइक्रोन भन्दा पातलो झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । वतावरण विभागले एक सूचना प्रकाशित गर्दै भदाै १ देखि चालिस माइक्रोन भन्दा पातलो झोला उत्पादन , आयत , वितरण र प्रयोगमा पुर्णरुपमा कडाइ गर्ने निर्णय गरेको हो ।

निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ । तर यस अघि पनि चालिस माइक्रोन भन्दा पातलो झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरे पनि निर्णय कार्यन्वयन हुन सकेको थिएन ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १५:००