बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको शर्माको जिकिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको शर्माको जिकिर



काठमाडाैं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको जिकिर गरेका छन् । संसदीय छानबिन समितिमा बयान दिन बिहिबार बिहान सिंहदरबार पुगेका शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको काम भईरहेका बेला बाहिरको मान्छे पस्ने कुनै सम्भावना नै नरहेको जिकिर गरे ।

‘त्या को भित्र पस्यो, को बाहिर निस्कियो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन्, अरु मर्यादापलकहरु पनि हुन्छन्’ समितिमा बयान दिँदै शर्माले भने, ‘बाहिरी मान्छे पस्ने सम्भावना नै हुँदैन । पसेको भए थाहा भईहाल्थ्यो नि ।’

सीसीटिभीक फुटेजका सन्दर्भमा पनि शर्माले फुटेज कति दिन रहन्छ, कहिलेसम्म रहन्छ भन्ने कुरा आफ्नो जानकारीमा हुने कुरा नभएको बताए ।

‘भिडियो कहिलेसम्म रहन्छ के हुन्छ ? त्यो मलाई केही थाहा थिएन, हुने कुरा पनि भएन’ शर्माले बयानका क्रममा भने । शर्माले बजेट निर्माणमा मन्त्रालयका अधिकारीहरुबाहेक अन्य असम्बन्धित व्यक्ति कोही पनि संलग्न नभएको बताए । स्थापित मूल्य, मान्यता, विधि, पद्धतिका आधारमा बजेट निर्माण गरिएको उनले बताए ।

प्रकाशित : ५ श्रावण २०७९, बिहीबार १०:४३