नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १६.२० अंकले बढेर दुई हजार ४५ दशमलब ६३ विन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा दुई अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २९ वटा कमपनीको शेयरमूल्य घटेको छ । साथै, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड ९७ लाख ७१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १५:२८