कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति



काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। कम्पनीले भेटेरिनरी सम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।

प्रकाशित : 5 November, 2026 2:49 pm