पुस २३ गते डाक्यो एभरेष्ट बैंकले साधारणसभा , ३.६८ प्रतिशत नगद लाभांसको प्रस्ताव पनि लगिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुस २३ गते डाक्यो एभरेष्ट बैंकले साधारणसभा , ३.६८ प्रतिशत नगद लाभांसको प्रस्ताव पनि लगिँदै



काठमाडौं  २७ मंसिर । एभरेष्ट बैंक लिमिटेडले पुस  २३ गते साधारणसभा डाकेको छ। बैंकले साधारणसभाबाट चुक्ता पुँजीको ७० प्रतिसत वोनस सेयर पारिद गर्दैछ। साधारणसभामा कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांसको प्रस्ताव पनि लगिँदैछ। यसैगरी वोनस सेयर वितरणपछि कायम पुँजीमा तीन बराबर एकको अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने छ।

बैंकको चुक्त पुँजी २ अर्ब ६६ करोड २६ लाख रुपैयाँ छ। ७० प्रतिशत वोनस सेयर दिएपछि पुँजी ४ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ पुग्ने छ। हकप्रदपछि पुँजी ६ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुग्छ। बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने छ। बाँकी पुँजी चालु आर्थिक बर्षको नाफाबाट बृद्धि गर्ने बैंकले जनाएको छ।

प्रकाशित : २७ मंसिर २०७३, सोमबार ०५:५२