करचुक्ता प्रमाणपत्रका लागि सहकारीले कोपोमिसमा विवरण प्रविष्ट गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

करचुक्ता प्रमाणपत्रका लागि सहकारीले कोपोमिसमा विवरण प्रविष्ट गर्नुपर्ने



काठमाडौं । सहकारी संघ/संस्थाले करचुक्ता प्रमाणपत्रका लागि कोपोमिसमा समष्टिगत विवरण बुझाउनु पर्ने भएकाे छ । बिहीबार आन्तरिक राजश्व विभागले आफु मातहतका कार्यालयहरुलाई परिपत्र जारी गर्दै सबै सहकारी संघ/संस्थाले कोपोमिस प्रणालीमा विवरण प्रविष्टि गरेको प्रमाण पेश गरेपछि मात्रै कर चुक्ताको प्रमाणपत्र जारी गर्न निर्देशन दिइएको हो ।

सूचना अनुसार सहकारी संघसंस्थाहरुले कोपोमिसमा समष्टिगत विवरण बुझाएपछि प्राप्त हुने समिसन नम्बर पेश गरेपछि मात्र कर कार्यालयबाट करचुक्ता प्रमाणपत्र पाउनेछन् । सरकारले सहकारीको सूचना व्यवस्थित गर्न अनलाईनमा आधारित कोपोमिस सिस्टम बनाएको हो । तर यसमा आवद्ध हुने सहकारी संघसंस्थाहरुले अटेरी गरेपछि करचुक्ता लिनका लागि कोपोमिस अनिवार्य गरिएको विभागले जनाएको छ ।

प्रकाशित : ३० असार २०७९, बिहीबार १६:४९