लघुवित्त कोषलाई व्यवस्थापक गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्यो : डा. नरहरी ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त कोषलाई व्यवस्थापक गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्यो : डा. नरहरी ढकाल



काठमाडौं । वित्तीय क्षेत्रका जानकार डा. नरहरी ढकालले लघुवित्त कोषलाई व्यवस्थापक गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्ने बताएका छन् । मंगलबार माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डा. ढकालले लघुवित्त क्षेत्रमा सबैतिरबाट हमला भइरहेको बताएका छन् । उनले भने, ‘अर्को वर्षपछि लघुवित्त क्षेत्र कुन अवस्थामा पुग्छ भन्ने हामीलाई नै थाहा छैन । लघुवित्तका लगानीकर्ताहरूलाई सबैतिरबाट हमला भइरहेको छ । ग्राहकदेखि हामीले नै जागिर दिएकाहरूले समेत हामी विरुद्ध लागेका छन् । हामीलाई अहिले ऋण लगानी भन्दा असुलीमा बढी समय दिनु परेको छ ।’
त्यसैगरी उनले ब्याजदर तोक्ने भन्दा पनि बेसरेटमा ध्यान दिनपर्ने बताए । साथै, निक्षेप कर्जा,वित्तिय पुर्वधार संगै नियमन र नितिगत कुराहरुलाई ध्यानमा राखि अधि बड्नु पर्ने उनको भनाई थियो ।

प्रकाशित : २८ असार २०७९, मंगलवार १९:४९