नेपाल ईन्भेष्टमेन्ट र मेगा बैंकले पाए मर्जरको लागि सैद्दान्तिक सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल ईन्भेष्टमेन्ट र मेगा बैंकले पाए मर्जरको लागि सैद्दान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंंकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरका लागि सैद्दान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले दुवै बैंकलाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) बमोजिम सैद्दान्तिक सहमति दिएको छ ।

यस संगै अब दुवै संस्थाले विशेष साधारणसभा बोलाएर मर्जर समबन्धि प्रस्ताव पारित गर्नु पर्ने छ । त्यसपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

२ बैंकबीच गत जेठ २७ क्रबार मर्जर सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन् । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

प्रकाशित : २३ असार २०७९, बिहीबार १३:३०