वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, २ अर्ब कर्जा प्रवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, २ अर्ब कर्जा प्रवाह



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार आएको छ । असार महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ३४ अर्ब निक्षेप थपिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा पनि सामान्य बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले दुई अर्ब कर्जा प्रवाह गरेको हुन् ।


संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले बढेर असार १७ गतेसम्म आइपुग्दा ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८९‍.४२ प्रतिशत रहेको छ।

प्रकाशित : २१ असार २०७९, मंगलवार १२:२७