समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहनः डेपुटी गभर्नर शिवाकोटी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहनः डेपुटी गभर्नर शिवाकोटी



 म्याग्दी २६ मंसिर  । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धिका लागि कृषि कर्जालाई प्रोत्साहन गरिएको बताएका छन्।

नेपाल बैँक, म्याग्दी शाखाले शनिबार बिहान सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – कृषि क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गर्न कृषि र विपन्न वर्ग कर्जालाई सरलीकरण गर्ने अभियानमा राष्ट्र बैँक लागेको छ।

नेपालमा उद्योग भन्दा कृषि क्षेत्रमा बढी सम्भावना देखिएकाले उनले बताए। ‘कृषि क्षेत्रको व्यवसायीकरण गर्न सस्तो ब्याजदरमा कृषि र विपन्न कर्जा दिने गरिएको हो, उनले भने- यो क्षेत्रमा हरेकवर्ष लगानी बढाउने नीति ल्याइएको छ।’

अहिले एक करोड रुपैयाँसम्मको कर्जालाई मात्रै कृषि कर्जा मान्ने गरिएकोमा अब त्यस्तो सीमा हटाउन कार्यविधि संशोधनको तयारी उनले जानकारी दिए।

प्रकाशित : २५ मंसिर २०७३, शनिबार २३:४३