काठमाडाैं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली २०७९ जारी गरेको छ । यसमा मुख्यतयः ब्रोकरहरुले नयाँ टिएमएस राख्नुका लागि पालना गर्नुपर्ने नियम र व्यवस्थाका बारेमा उल्लेख गरिएको छ । अब नेप्सेले नयाँ टिएमएस पनि राख्न पाउनेछन् । हाल नेप्सेले ल्याएको टिएमएस सञ्चालनमा रहेको छ ।
कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनु पर्ने छ। दिएको निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिने छ। नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्ने छ। नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्ने छ। जुन रकम अर्ध वार्षिक रुपमा एकमुष्ट बुझाउनु पर्ने कार्यविधिमा उल्लेख गरिएकाे छ।
हेर्नुहोस् के–के छन् प्रावधानहरु
Comment