काठमाडौं । संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने समेत निर्णय गरेको छ।
त्यसैगरी सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने पनि निर्णय गरेको छ । बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुयाएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने पनि जनाएको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निज उपर जाँचबुझको कार्य अघि बढाउने निर्णय गरेको बताएका छन् ।
त्यस्तै, कोहलपुर-सुर्खेत १३२ के.भी. प्रसारणलाइन आयोजनाको लागि राष्टिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने निर्णय गरेको पनि जनाएको छ ।





Comment