सशस्त्र प्रहरीका ३७ जना डिएसपीको एकै पटक एसपीमा बढुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सशस्त्र प्रहरीका ३७ जना डिएसपीको एकै पटक एसपीमा बढुवा



काठमाडौं । सशस्त्र प्रहरीका ३७ जना डिएसपीहरु एकै पटक एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० ग बमोजिम बढुवा समितिले उनीहरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

बढुवा समितिले प्रकाशित गरेको सूचनाअनुसार एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोप बहादुर डाँगी पहिलो नम्बरमा छन् ।

प्रकाशित : ६ असार २०७९, सोमबार ११:०३