रिडि हाईड्रोपावरले बोलायो बिशेष साधारणसभा, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रिडि हाईड्रोपावरले बोलायो बिशेष साधारणसभा, यस्ता छन् एजेन्डा



काठमाडौं । रिडि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । संञ्चालक समितिको बैठकले आगामी असार १७ गते शुक्रबार कम्पनीको कर्पाेरेट कार्यलय, थापाथलिमा जुमबाट गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनिको शेयर आदान प्रदान अनुपात अनुसार रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुलाई १०० कित्ता बराबर रिडि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ९३ कित्ता शेयर दिनेगरी रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई गाभ्ने र उक्त कम्पनीको सम्पुर्ण सम्पत्ति तथा दायित्व सकार्ने स्वीकृत प्रदान गर्ने भएको छ ।

त्यसैगरी दुई हाईड्रोपावर समाहित पश्चात स्वाप रेसियो अनुपातको शेयर संख्या मिलान गर्ने भएको छ । दुई हाईड्रोपावर गाभ्ने प्रयोजनार्थ मुल्याडकनकर्ता पि. वि. के. वि. एण्ड एसोसियटसको नियुक्ति तथा निजको पारिश्रमिक, संस्थाको सम्पत्ती, दायित्व तथा कारोबारको मुल्याङ्कन, समझदारी पत्र तथा अन्तिम सम्झौता पत्र लगाएतका सम्पुर्ण काम कारबाहीलाई अनुमोदन गर्ने रहेको छ ।

प्रकाशित : २ असार २०७९, बिहीबार १३:१४