सेबोन अगाडी तिलक कोइरालाको अनसन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सेबोन अगाडी तिलक कोइरालाको अनसन सुरु



काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला आज बुधबारबाट आमरण अनसनमा बसेका छन् । आज बिहान ११ बजेर ५१ मिनेटदेखि उनले खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडीको सडक मै अनसन थालेका हुन् ।

अनसन सुरु गर्दै उनले यो अनसन सफल हुने र अबदेखि लगानीकर्ताले आन्दोलन गरेर विश्वमा कहिँ नभएको जात्रा देखाउन नपर्ने र संघर्ष गर्न नपर्ने विश्वास व्यक्त गरेका छन् ।

आमरण अनसन सरकारले गर्छु भनेको कामहरू पुरा नगरेसम्म जारी रहने कोइरालाले बताएका छन् । यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उनले बताएका छन् ।

५२ लाख लगानीकर्ताहरूका लागि आफू पछि नहट्ने बताउँदै पुँजीबजारका सबै सरोकारवालाहरुको साझा आन्दोलन भएकाले सबैबाट साथ, सहयोग र समर्थनको अपेक्षा रहेको कोइरालाले बताए। अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

प्रकाशित : १ असार २०७९, बुधबार १७:२८