काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिका कारण बजार घट्नु सामान्य विषय नभएको तर्क गरेका छन् ।
तरलता अभावको समयमा बजार घट्नु स्वभाविकै भएपनि राष्ट्र बैंकले लिएको सेयर कर्जालाई संकुचन गर्ने नीतिले समस्या ल्याएको उनको भनाई छ ।
प्रतिनिधि सभाको बैठकमा सांसद थापाले राष्ट्र बैंकको नीतिका कारण लगानीकर्ताले यस्तो गुनासो गर्न लागेको बताए ।
‘तीन हजार माथि पुगेको शेयर बजार अहिले दुई हजार भन्दा कम विन्दुमा झरेको छ । शेयर बजारलाई ठिक ठाउँमा ल्याउनै पर्छ । यसो गर्न सकिएन भने धेरैको बिल्लिबाठ हुन्छ’, उनले भने, ‘शेयर बजारलाई ठिक ठाउँमा ल्याउनै पर्छ । घरघरमा बिल्लिबाठ हुँदै गर्दा हामीलाई पिराल्ला कि नपिरोल्ला ? यो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदछु ।’
राष्ट्र बैंकको नीतिका कारण दुःख गरेर कमाएका पैसा घट्दा लगानीकर्ता निकै त्रसित बनेको उनको भनाइ छ ।
बजारको अवस्था नाजुक भएको भन्दै यो विषयमा सरकारले संसदमा जानकारी माग गरे । यस विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको थापाले बताए ।
शेयर बजारको स्थायित्व र विश्वसनीयता कायम गर्न नियमन निकायको ध्यान दिन आवश्यक रहेको बताउँदै थापाले भने, ‘बजारमा रहेको तरलता अभावले शेयर बजारमा उतारचढाव आउनु स्वाभाविक हो । तर, यसरी निरन्तररुपमा यसरी गिरावट आउनुमा साना लगानीकर्ता मार्कामा परेका छन् । साना लगानीकर्ताहरू भनेको आम मानिसहरू हुन् । उनीहरूबारे सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।’
Comment