वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढ्यो



काठमाडौं । बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता वाणिज्य बैंकहरुमा ३ अर्बले निक्षेप बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ २० गतेदेखि २७ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले वृद्धि भएको छ । जेठ २० गतेसम्म वाणिज्य बैंकहरुमा ४ ४३ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ २७ गतेसम्म आईपुग्दा ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको हो ।

यता, वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटाएका छन्। एक साताको अवधिमा बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा घटाएका हुन् । तथ्यांक अनुसार जेठ २० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९६ अर्ब रुपैयाँकर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले घटेर २७ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ मात्र प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.२२ प्रतिशत रहेको छ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार १९:४२