नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सले जेठ ३० गतेदेखि मर्जर प्रकृयामा रहेका इन्भेष्टमेण्ट र मेगा बैंकको सेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई बैंक एक आपसमा गाभिनको लागि जेठ २७ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससँगै उक्त मर्जर प्रकृया नसकिएसम्म दुबै बैंकको सेयर कारोबार रोक्का हुने छ ।

मर्जर पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि।’ हुने छ । त्यस्तै, संचालक समितिको अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे र सीईओमा ज्योति पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३र३ जना संचालक नियुक्त हुने जनाइएको छ ।

सम्झौता अनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’ रहने छ । त्यस्तै, इन्भेष्टमेण्टले मेगा बैंकलाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता भएको छ । सो अनुसार मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ ।

कारोबार रोक्का हुनुभन्दा अघि इन्भेष्टमेण्ट बैंकको सेयर प्रतिकित्ता २६५ र मेगाको प्रतिकित्ता २२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार १३:१२